मोक्षसंन्यासयोग
अब अठारौँ अध्याय
श्लोक १
अर्जुन उवाच |
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् |
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ||१८-१||
Translation
।।१८.१।। अर्जुनले भन्नुभयो -- हे महाबाहो ! हे हृषीकेश ! हे केशनिषूदन ! म संन्यास र त्यागको तत्त्वलाई पृथक्-पृथक् जान्न चाहन्छु।।
श्लोक २
श्रीभगवानुवाच |
काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदुः |
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ||१८-२||
Translation
।।१८.२।। श्रीभगवान्ले भन्नुभयो -- केही कवि (पण्डित) जनहरू काम्य कर्महरूको त्यागलाई "संन्यास" भन्दछन् र विचारशील जनहरू समस्त कर्मका फलहरूको त्यागलाई "त्याग" भन्दछन्।।
श्लोक ३
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः |
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ||१८-३||
Translation
।।१८.३।। केही मनीषीहरू भन्दछन् कि समस्त कर्म दोषयुक्त भएकाले त्याज्य छन्; र अन्य जनहरू भन्दछन् कि यज्ञ, दान र तपरूप कर्म त्याज्य छैनन्।।
श्लोक ४
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम |
त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ||१८-४||
Translation
।।१८.४।। हे भरतसत्तम ! त्यस त्यागका विषयमा तिमी मेरो निर्णय सुन। हे पुरुषश्रेष्ठ ! त्यो त्याग तीन प्रकारको भनिएको छ।।
श्लोक ५
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत् |
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ||१८-५||
Translation
।।१८.५।। यज्ञ, दान र तपरूप कर्म त्याज्य छैनन्, किन्तु ती नि:सन्देह कर्तव्य हुन्; यज्ञ, दान र तप यी मनीषीहरूलाई पवित्र पार्ने हुन्।।
श्लोक ६
एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च |
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम् ||१८-६||
Translation
।।१८.६।। हे पार्थ ! यी कर्महरूलाई पनि फल र आसक्ति त्यागेर गर्नुपर्दछ, यो मेरो निश्चित उत्तम मत हो।।
श्लोक ७
नियतस्य तु संन्यासः कर्मणो नोपपद्यते |
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ||१८-७||
Translation
।।१८.७।। नियत कर्मको त्याग उचित छैन; मोहवश त्यसको त्याग गर्नु "तामस त्याग" भनिएको छ।।
श्लोक ८
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् |
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ||१८-८||
Translation
।।१८.८।। जुन मानिस कर्मलाई दुःख सम्झेर शारीरिक कष्टको भयले त्याग गर्दछ, त्यो पुरुषले त्यो राजसिक त्याग गरेर कहिल्यै त्यागको फल प्राप्त गर्दैन।।
श्लोक ९
कार्यमित्येव यत्कर्म नियतं क्रियतेऽर्जुन |
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्त्विको मतः ||१८-९||
Translation
।।१८.९।। हे अर्जुन ! "कर्म गर्नु कर्तव्य हो" यस्तो सम्झेर जुन नियत कर्म आसक्ति र फल त्यागेर गरिन्छ, त्यही सात्त्विक त्याग मानिएको छ।।
श्लोक १०
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते |
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ||१८-१०||
Translation
।।१८.१०।। जुन पुरुष अकुशल (अशुभ) कर्मसँग द्वेष गर्दैन र कुशल (शुभ) कर्ममा आसक्त हुँदैन, त्यो सत्त्वगुणले सम्पन्न पुरुष संशयरहित, मेधावी (ज्ञानी) र त्यागी हो।।
श्लोक ११
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः |
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ||१८-११||
Translation
।।१८.११।। किनकि देहधारी पुरुषद्वारा अशेष कर्महरूको त्याग सम्भव छैन, त्यसैले जो कर्मफल त्यागी छ, त्यही पुरुष त्यागी भनिन्छ।।
श्लोक १२
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् |
भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित् ||१८-१२||
Translation
।।१८.१२।। कर्महरूका शुभ, अशुभ र मिश्र यी त्रिविध फल केवल अत्यागी जनहरूलाई मरणपश्चात् प्राप्त हुन्छन्; तर संन्यासी पुरुषहरूलाई कहिल्यै हुँदैन।।
श्लोक १३
पञ्चैतानि महाबाहो कारणानि निबोध मे |
साङ्ख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ||१८-१३||
Translation
।।१८.१३।। हे महाबाहो ! समस्त कर्महरूको सिद्धिका लागि यी पाँच कारण सांख्य सिद्धान्तमा भनिएका छन्, जसलाई तिमी मबाट राम्ररी जान।।
श्लोक १४
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् |
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ||१८-१४||
Translation
।।१८.१४।। अधिष्ठान (शरीर), कर्ता, विविध करण (इन्द्रियादि), विविध र पृथक्-पृथक् चेष्टाहरू तथा पाँचौँ हेतु दैव हो।।
श्लोक १५
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नरः |
न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतवः ||१८-१५||
Translation
।।१८.१५।। मानिसले आफ्नो शरीर, वाणी र मनले जुन कुनै न्याय्य (उचित) वा विपरीत (अनुचित) कर्म गर्दछ, त्यसका यी पाँच कारण नै हुन्।।
श्लोक १६
तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः |
पश्यत्यकृतबुद्धित्वान्न स पश्यति दुर्मतिः ||१८-१६||
Translation
।।१८.१६।। अब यस स्थितिमा जुन पुरुष असंस्कृत बुद्धि भएकाले केवल शुद्ध आत्मालाई कर्ता सम्झन्छ, त्यो दुर्मति पुरुष (यथार्थ) देख्दैन।।
श्लोक १७
यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते |
हत्वाऽपि स इमाँल्लोकान्न हन्ति न निबध्यते ||१८-१७||
Translation
।।१८.१७।। जुन पुरुषमा अहंकारको भाव छैन र बुद्धि कुनै (गुण-दोष) मा लिप्त हुँदैन, त्यो पुरुषले यी सबै लोकलाई मारेर पनि वास्तवमा न मार्दछ न (पापले) बाँधिन्छ।।
श्लोक १८
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना |
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ||१८-१८||
Translation
।।१८.१८।। ज्ञान, ज्ञेय र परिज्ञाता यी त्रिविध कर्म प्रेरक हुन्, र करण, कर्म, कर्ता यी त्रिविध कर्म संग्रह हुन्।।
श्लोक १९
ज्ञानं कर्म च कर्ताच त्रिधैव गुणभेदतः |
प्रोच्यते गुणसङ्ख्याने यथावच्छृणु तान्यपि ||१८-१९||
Translation
।।१८.१९।। ज्ञान, कर्म र कर्ता पनि गुणका भेदले सांख्यशास्त्रमा त्रिविध नै भनिएका छन्; तिनलाई पनि तिमी मबाट यथावत् सुन।।
श्लोक २०
सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते |
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ||१८-२०||
Translation
।।१८.२०।। जुन ज्ञानले मानिस विभक्त रूपमा स्थित समस्त भूतहरूमा एक अविभक्त र अविनाशी (अव्यय) स्वरूप देख्दछ, त्यो ज्ञानलाई तिमी सात्त्विक जान।।
श्लोक २१
पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् |
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ||१८-२१||
Translation
।।१८.२१।। जुन ज्ञानद्वारा मानिस समस्त भूतहरूमा नाना भावहरूलाई पृथक्-पृथक् जान्दछ, त्यो ज्ञानलाई तिमी राजस जान।।
श्लोक २२
यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् |
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ||१८-२२||
Translation
।।१८.२२।। र जुन ज्ञानद्वारा मानिस एक कार्य (शरीर) मा नै आसक्त हुन्छ, मानौँ त्यो (कार्य नै) पूर्ण वस्तु हो तथा जुन (ज्ञान) हेतुरहित (अयुक्तिक), तत्त्वार्थरहित तथा संकुचित (अल्प) छ, त्यो (ज्ञान) तामस हो।।
श्लोक २३
नियतं सङ्गरहितमरागद्वेषतः कृतम् |
अफलप्रेप्सुना कर्म यत्तत्सात्त्विकमुच्यते ||१८-२३||
Translation
।।१८.२३।। जुन कर्म (शास्त्रविधिले) नियत र संगरहित छ, तथा फल नचाहने पुरुषद्वारा बिना कुनै राग-द्वेष गरिएको छ, त्यो (कर्म) सात्त्विक भनिन्छ।।
श्लोक २४
यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुनः |
क्रियते बहुलायासं तद्राजसमुदाहृतम् ||१८-२४||
Translation
।।१८.२४।। र जुन कर्म धेरै परिश्रमयुक्त छ तथा फलको कामना गर्ने, अहंकारयुक्त पुरुषद्वारा गरिन्छ, त्यो कर्म राजस भनिएको छ।।
श्लोक २५
अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम् |
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते ||१८-२५||
Translation
।।१८.२५।। जुन कर्म परिणाम, हानि, हिंसा र सामर्थ्य (पौरुष) को विचार नगरी केवल मोहवश आरम्भ गरिन्छ, त्यो कर्म तामस भनिन्छ।।
श्लोक २६
मुक्तसङ्गोऽनहंवादी धृत्युत्साहसमन्वितः |
सिद्ध्यसिद्ध्योर्निर्विकारः कर्ता सात्त्विक उच्यते ||१८-२६||
Translation
।।१८.२६।। जुन कर्ता संगरहित, अहंमन्यताबाट रहित, धैर्य र उत्साहले युक्त एवं कार्यको सिद्धि (सफलता) र असिद्धि (विफलता) मा निर्विकार रहन्छ, त्यो कर्ता सात्त्विक भनिन्छ।।
श्लोक २७
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः |
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ||१८-२७||
Translation
।।१८.२७।। रागी, कर्मफलको इच्छुक, लोभी, हिंसक स्वभाव भएको, अशुद्ध र हर्ष-शोकले युक्त कर्ता राजस भनिएको छ।।
श्लोक २८
अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोऽलसः |
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते ||१८-२८||
Translation
।।१८.२८।। अयुक्त, प्राकृत, स्तब्ध, शठ, नैष्कृतिक, अल्छी, विषादी र दीर्घसूत्री कर्ता तामस भनिन्छ।।
श्लोक २९
बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु |
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय ||१८-२९||
Translation
।।१८.२९।। हे धनञ्जय ! मद्वारा अशेषतः र पृथकतः भनिने, गुणका कारण उत्पन्न भएका बुद्धि र धृतिका त्रिविध भेदलाई सुन।।
श्लोक ३०
प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये |
बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ||१८-३०||
Translation
।।१८.३०।। हे पार्थ ! जुन बुद्धि प्रवृत्ति र निवृत्ति, कार्य र अकार्य, भय र अभय तथा बन्ध र मोक्षलाई तत्त्वतः जान्दछ, त्यो बुद्धि सात्त्विकी हो।।
श्लोक ३१
यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च |
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ||१८-३१||
Translation
।।१८.३१।। हे पार्थ ! जुन बुद्धिद्वारा मानिस धर्म र अधर्मलाई तथा कर्तव्य र अकर्तव्यलाई यथावत् जान्दैन, त्यो बुद्धि राजसी हो।।
श्लोक ३२
अधर्मं धर्ममिति या मन्यते तमसावृता |
सर्वार्थान्विपरीतांश्च बुद्धिः सा पार्थ तामसी ||१८-३२||
Translation
।।१८.३२।। हे पार्थ ! तमस् (अज्ञान अन्धकार) ले आवृत जुन बुद्धि अधर्मलाई नै धर्म मान्दछ र सबै पदार्थहरूलाई विपरीत रूपले जान्दछ, त्यो बुद्धि तामसी हो।।
श्लोक ३३
धृत्या यया धारयते मनःप्राणेन्द्रियक्रियाः |
योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्त्विकी ||१८-३३||
Translation
।।१८.३३।। सात्त्विकी हो।।
श्लोक ३४
यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन |
प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी ||१८-३४||
Translation
।।१८.३४।। हे पृथापुत्र अर्जुन ! कर्मफलको इच्छुक पुरुष अति आसक्ति (प्रसंग) ले जुन धृतिद्वारा धर्म, अर्थ र काम (यी तीन पुरुषार्थ) लाई धारण गर्दछ, त्यो धृति राजसी हो।।
श्लोक ३५
यया स्वप्नं भयं शोकं विषादं मदमेव च |
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ||१८-३५||
Translation
।।१८.३५।। हे पार्थ ! दुर्बुद्धि पुरुष जुन धारणाद्वारा स्वप्न, भय, शोक, विषाद र मदलाई त्याग गर्दैन, त्यो धृति तामसी हो।।
श्लोक ३६ र ३७
सुखं त्विदानीं त्रिविधं शृणु मे भरतर्षभ |
अभ्यासाद्रमते यत्र दुःखान्तं च निगच्छति ||१८-३६||
यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम् |
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ||१८-३७||
Translation
।।१८.३६।। हे भरतश्रेष्ठ ! अब तिमी त्रिविध सुखलाई मबाट सुन, जसमा (साधक पुरुष) अभ्यासले रमाउँछ र दुःखको अन्तलाई प्राप्त गर्दछ। ।।१८.३७।। जुन सुख प्रथम (प्रारम्भमा) विष समान (भासिन्छ), तर परिणाममा अमृत समान छ, त्यो आत्मबुद्धिको प्रसादबाट उत्पन्न सुख सात्त्विक भनिएको छ।।
श्लोक ३८
विषयेन्द्रियसंयोगाद्यत्तदग्रेऽमृतोपमम् |
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ||१८-३८||
Translation
।।१८.३८।। जुन सुख विषय र इन्द्रियको संयोगबाट उत्पन्न हुन्छ, त्यो प्रथम त अमृत समान, तर परिणाममा विषतुल्य हुन्छ, त्यो सुख राजस मानिएको छ।।
श्लोक ३९
यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः |
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ||१८-३९||
Translation
।।१८.३९।। जुन सुख प्रारम्भमा र परिणाम (अनुबन्ध) मा पनि आत्मा (मानिस) लाई मोहित पार्ने हुन्छ, त्यो निद्रा, आलस्य र प्रमादबाट उत्पन्न सुख तामस भनिएको छ।।
श्लोक ४०
न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः |
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ||१८-४०||
Translation
।।१८.४०।। पृथ्वीमा अथवा स्वर्गका देवताहरूमा यस्तो कुनै प्राणी (सत्त्व) छैन जो प्रकृतिबाट उत्पन्न यी तीन गुणबाट मुक्त (रहित) होस्।।
श्लोक ४१
ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप |
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः ||१८-४१||
Translation
।।१८.४१।। हे परन्तप ! ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रका कर्म, स्वभावबाट उत्पन्न गुणका अनुसार विभक्त गरिएका छन्।।
श्लोक ४२
शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च |
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ||१८-४२||
Translation
।।१८.४२।। शम, दम, तप, शौच, क्षान्ति, आर्जव, ज्ञान, विज्ञान र आस्तिक्य - यी ब्राह्मणका स्वाभाविक कर्म हुन्।।
श्लोक ४३
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् |
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ||१८-४३||
Translation
।।१८.४३।। शौर्य, तेज, धृति, दाक्ष्य (दक्षता), युद्धबाट पलायन नगर्नु, दान र ईश्वर भाव (स्वामी भाव) - यी सबै क्षत्रियका स्वाभाविक कर्म हुन्।।
श्लोक ४४
कृषिगौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् |
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ||१८-४४||
Translation
।।१८.४४।। कृषि, गौपालन तथा वाणिज्य - यी वैश्यका स्वाभाविक कर्म हुन्, र शूद्रको स्वाभाविक कर्म परिचर्या अर्थात् सेवा गर्नु हो।।
श्लोक ४५
स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः |
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ||१८-४५||
Translation
।।१८.४५।। जो पुरुष सबै कर्म ब्रह्ममा अर्पण गरेर र आसक्ति त्यागेर गर्दछ, त्यो पुरुष कमलको पातझैँ पापमा लिप्त हुँदैन।।
श्लोक ४६
यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् |
स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानवः ||१८-४६||
Translation
।।१८.४६।। जस (परमात्मा) बाट भूतमात्रको प्रवृत्ति अर्थात् उत्पत्ति भएको छ र जसले यो सम्पूर्ण जगत् व्याप्त छ, त्यस (परमात्मा) को स्वकर्मद्वारा पूजा गरेर मानिस सिद्धि प्राप्त गर्दछ।।
श्लोक ४७
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् |
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ||१८-४७||
Translation
।।१८.४७।। सम्यक् अनुष्ठित परधर्मको अपेक्षा गुणरहित स्वधर्म श्रेष्ठ छ। (किनकि) स्वभावले नियत गरिएका कर्म गर्दै मानिस पापलाई प्राप्त गर्दैन।।
श्लोक ४८
सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् |
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ||१८-४८||
Translation
।।१८.४८।। हे कौन्तेय ! दोषयुक्त भए पनि सहज कर्मलाई त्याग गर्नुहुँदैन; किनकि सबै कर्म दोषले आवृत हुन्छन्, जस्तै धुवाँले अग्नि।।
श्लोक ४९
असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः |
नैष्कर्म्यसिद्धिं परमां संन्यासेनाधिगच्छति ||१८-४९||
Translation
।।१८.४९।। सर्वत्र आसक्तिरहित बुद्धि भएको त्यो पुरुष जो स्पृहारहित तथा जितात्मा छ, संन्यासद्वारा परम नैष्कर्म्य सिद्धि प्राप्त गर्दछ।।
श्लोक ५०
सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे |
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ||१८-५०||
Translation
।।१८.५०।। सिद्धि प्राप्त पुरुष कसरी ब्रह्मलाई प्राप्त गर्दछ, तथा ज्ञानको परा निष्ठालाई पनि तिमी मबाट संक्षेपमा जान।।
श्लोक ५१, ५२, ५३
बुद्ध्या विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च |
शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ||१८-५१||
विविक्तसेवी लघ्वाशी यतवाक्कायमानसः |
ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितः ||१८-५२||
अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम् |
विमुच्य निर्ममः शान्तो ब्रह्मभूयाय कल्पते ||१८-५३||
Translation
।।१८.५१।। विशुद्ध बुद्धिले युक्त, धृतिले आत्मसंयम गरी, शब्दादि विषय त्यागेर र राग-द्वेष परित्याग गरी... ।।१८.५२।। विविक्तसेवी, लघ्वाशी (मिताहारी) जसले आफ्नो शरीर, वाणी र मनलाई संयत गरेको छ, ध्यानयोगको अभ्यासमा सदैव तत्पर तथा वैराग्यमा समाश्रित।। ।।१८.५३।। अहंकार, बल, दर्प, काम, क्रोध र परिग्रहलाई त्यागेर ममत्वभावबाट रहित र शान्त पुरुष ब्रह्म प्राप्तिका योग्य बन्दछ।।
श्लोक ५४
ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति |
समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ||१८-५४||
Translation
।।१८.५४।। ब्रह्मभूत (जो साधक ब्रह्म बनेको छ), प्रसन्न मन भएको पुरुष न इच्छा गर्दछ न शोक, समस्त भूतप्रति सम भएर ऊ मेरो परा भक्ति प्राप्त गर्दछ।।
श्लोक ५५
भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः |
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ||१८-५५||
Translation
।।१८.५५।। (त्यस परा) भक्तिद्वारा मलाई ऊ तत्त्वतः जान्दछ कि म कति (व्यापक) छु तथा म के हुँ। (यसरी) तत्त्वतः जानेपश्चात् तत्कालै ऊ ममा प्रवेश गर्दछ, अर्थात् मत्स्वरूप बन्दछ।।
श्लोक ५६
सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रयः |
मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम् ||१८-५६||
Translation
।।१८.५६।। जो पुरुष मदाश्रित भएर सदैव समस्त कर्म गर्दछ, ऊ मेरो प्रसाद (अनुग्रह) ले शाश्वत, अव्यय पद प्राप्त गर्दछ।।
श्लोक ५७
चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः |
बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव ||१८-५७||
Translation
।।१८.५७।। मनले समस्त कर्मको संन्यास ममा गरेर मत्परायण भई बुद्धियोगको आश्रय लिएर तिमी सतत मच्चित्त बन।।
श्लोक ५८
मच्चित्तः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि |
अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्ष्यसि ||१८-५८||
Translation
।।१८.५८।। मच्चित्त भएर तिमी मेरो कृपाले समस्त कठिनाइ (सर्वदुर्गाणि) पार गर्नेछौ; र यदि अहंकारवश (यो उपदेश) सुन्नेछैनौ भने, तिमी नष्ट हुनेछौ।।
श्लोक ५९
यदहंकारमाश्रित्य न योत्स्य इति मन्यसे |
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ||१८-५९||
Translation
।।१८.५९।। र अहंकारवश तिमी जो यो सोच्दैछौ, "म युद्ध गर्नेछैन", यो तिम्रो निश्चय मिथ्या हो, (किनकि) प्रकृति (तिम्रो स्वभाव) ले नै तिमीलाई (बलात् कर्ममा) प्रवृत्त गर्नेछ।।
श्लोक ६०
स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा |
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोपि तत् ||१८-६०||
Translation
।।१८.६०।। हे कौन्तेय ! तिमी आफ्ना स्वाभाविक कर्मले बाँधिएका छौ, (अतः) मोहवश जुन कर्म तिमी गर्न चाहँदैनौ, त्यही तिमी विवश भएर गर्नेछौ।।
श्लोक ६१
ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति |
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ||१८-६१||
Translation
।।१८.६१।। हे अर्जुन (मानौँ कुनै) यन्त्रमा आरूढ समस्त भूतलाई ईश्वर आफ्नो मायाले घुमाउँदै (भ्रामयन्) भूतमात्रको हृदयमा स्थित रहन्छन्।।
श्लोक ६२
तमेव शरणं गच्छ सर्वभावेन भारत |
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ||१८-६२||
Translation
।।१८.६२।। हे भारत ! तिमी सम्पूर्ण भावले उसै (ईश्वर) को शरणमा जाऊ। उसको प्रसादले तिमी परम शान्ति र शाश्वत स्थान प्राप्त गर्नेछौ।।
श्लोक ६३
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया |
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ||१८-६३||
Translation
।।१८.६३।। यस प्रकार समस्त गोप्यभन्दा अधिक गुह्य ज्ञान मैले तिमीलाई भनेँ; यसमा पूर्ण विचार (विमृश्य) गरेपश्चात् तिम्रो जस्तो इच्छा छ, त्यस्तै गर।।
श्लोक ६४
सर्वगुह्यतमं भूयः शृणु मे परमं वचः |
इष्टोऽसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ||१८-६४||
Translation
।।१८.६४।। पुनः एक पटक तिमी मबाट समस्त गुह्यभन्दा गुह्यतम परम वचन (उपदेश) सुन। तिमी मलाई अतिशय प्रिय छौ, त्यसैले म तिमीलाई तिम्रो हितको कुरा भन्नेछु।।
श्लोक ६५
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु |
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ||१८-६५||
Translation
।।१८.६५।। तिमी मच्चित, मद्भक्त र मेरा पूजक (मद्याजी) बन र मलाई नमस्कार गर; (यसरी) तिमी मलाई नै प्राप्त गर्नेछौ; यो म तिमीलाई सत्य वचन दिन्छु, (किनकि) तिमी मेरा प्रिय छौ।।
श्लोक ६६
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज |
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ||१८-६६||
Translation
।।१८.६६।। सब धर्मको परित्याग गरेर तिमी एक मेरो नै शरणमा आऊ, म तिमीलाई समस्त पापबाट मुक्त गरिदिनेछु, तिमी शोक नगर।।
श्लोक ६७
इदं ते नातपस्काय नाभक्ताय कदाचन |
न चाशुश्रूषवे वाच्यं न च मां योऽभ्यसूयति ||१८-६७||
Translation
।।१८.६७।। यो ज्ञान यस्तो पुरुषलाई भन्नुहुँदैन, जो अतपस्क (तपरहित) छ, र न उसलाई जो अभक्त छ; उसलाई पनि होइन जो अशुश्रुषु (सेवामा अतत्पर) छ र त्यो पुरुषलाई पनि भन्नुहुँदैन, जो म (ईश्वर) सँग असूया गर्दछ, अर्थात् ममा दोष देख्दछ।।
श्लोक ६८
य इदं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति |
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशयः ||१८-६८||
Translation
।।१८.६८।। जो पुरुष मसित परम प्रेम (परा भक्ति) गरेर यस परम गुह्य ज्ञानको उपदेश मेरा भक्तहरूलाई दिन्छ, ऊ नि:सन्देह मलाई नै प्राप्त गर्दछ।।
श्लोक ६९
न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तमः |
भविता न च मे तस्मादन्यः प्रियतरो भुवि ||१८-६९||
Translation
।।१८.६९।। न त उसभन्दा बढेर मेरो अतिशय प्रिय कार्य गर्ने मानिसहरूमा कोही छ र न उसभन्दा बढेर मेरो प्रिय यस पृथ्वीमा अर्को कोही हुनेछ।।
श्लोक ७०
अध्येष्यते च य इमं धर्म्यं संवादमावयोः |
ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ||१८-७०||
Translation
।।१८.७०।। जो पुरुष, हामी दुवैको यस धर्ममय संवादको पठन गर्नेछ, त्यसद्वारा म ज्ञानयज्ञले पूजित हुनेछु - यस्तो मेरो मत छ।।
श्लोक ७१
श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः |
सोऽपि मुक्तः शुभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ||१८-७१||
Translation
।।१८.७१।। तथा जो श्रद्धावान् र अनसूयु (दोषदृष्टि रहित) पुरुष यसको श्रवणमात्र पनि गर्नेछ, ऊ पनि (पापबाट) मुक्त भएर पुण्यकर्मीहरूका शुभ (श्रेष्ठ) लोक प्राप्त गर्नेछ।।
श्लोक ७२
कच्चिदेतच्छ्रुतं पार्थ त्वयैकाग्रेण चेतसा |
कच्चिदज्ञानसम्मोहः प्रनष्टस्ते धनञ्जय ||१८-७२||
Translation
।।१८.७२।। हे पार्थ ! के यसलाई (मेरो उपदेशलाई) तिमीले एकाग्रचित्त भएर श्रवण गर्यौ ? र हे धनञ्जय ! के तिम्रो अज्ञानजनित संमोह पूर्णतया नष्ट भयो ?
श्लोक ७३
अर्जुन उवाच |
नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत |
स्थितोऽस्मि गतसन्देहः करिष्ये वचनं तव ||१८-७३||
Translation
।।१८.७३।। अर्जुनले भन्नुभयो -- हे अच्युत ! तपाईँको कृपाप्रसादले मेरो मोह नष्ट भएको छ, र मलाई स्मृति (ज्ञान) प्राप्त भएको छ। अब म संशयरहित भएको छु र म तपाईँको वचन (आज्ञा) को पालन गर्नेछु।।
श्लोक ७४
सञ्जय उवाच |
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः |
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम् ||१८-७४||
Translation
।।१८.७४।। सञ्जयले भन्नुभयो -- यस प्रकार मैले भगवान् वासुदेव र महात्मा अर्जुनको यस अद्भुत र रोमाञ्चक संवादको वर्णन गरेँ।।
श्लोक ७५
व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम् |
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् ||१८-७५||
Translation
।।१८.७५।। व्यासजीको कृपाले मैले यस परम गुह्य योगलाई साक्षात् भन्दै स्वयं योगेश्वर श्रीकृष्ण भगवान्बाट सुनेँ।।
श्लोक ७६
राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम् |
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः ||१८-७६||
Translation
।।१८.७६।। हे राजन् ! भगवान् केशव र अर्जुनको यस अद्भुत र पुण्य (पवित्र) संवादलाई स्मरण गरेर म बारम्बार हर्षित हुन्छु।।
More than just reading—
Create your own meditative videos.
Transform sacred verses into beautiful, cinematic videos to share with the world. Choose your background, add chanting audio, and spread the light of the Gita in a modern format.
Download the app for these features
- High-quality background artwork
- Synced Sanskrit & Meaning text
- Immersive Chanting & Music
experience the deep immersion
Embark on a cinematic spiritual journey with the full version of Nitya Gita. High-quality chanting, authentic translations, and a peaceful meditation sanctuary in the palm of your hand.