ज्ञानविज्ञानयोग - श्लोकहरू श्लोक ५
श्लोक ५
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् |
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ||७-५||
अनुवाद
हे महाबाहो! यो त अपरा प्रकृति हो, यसभन्दा भिन्न मेरो जीवरूपी परा प्रकृतिलाई जान, जसले यो जगत्लाई धारण गरेको छ।