कर्मसंन्यासयोग - श्लोकहरू श्लोक १३
श्लोक १३
सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वशी |
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ||५-१३||
अनुवाद
सबै कर्महरू मनले संन्यास गरेर संयमी पुरुष नवद्वार भएको शरीररूपी नगरीमा सुखपूर्वक बस्दछ, न त ऊ कर्म गर्दछ न त गराउँछ।