ध्यानयोग - श्लोकहरू श्लोक ३४
श्लोक ३४
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद् दृढम् |
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ||६-३४||
अनुवाद
।।६.३४।। किनकि हे कृष्ण ! यो मन चंचल, प्रमथन स्वभावको, बलवान् र दृढ छ; यसलाई वशमा पार्नु म हावालाई रोक्नुजस्तै अति दुष्कर मान्दछु।।