ध्यानयोग - Verse श्लोक ३३
श्लोक ३३
अर्जुन उवाच |
योऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन |
एतस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम् ||६-३३||
Translation
।।६.३३।। अर्जुनले भने -- हे मधुसूदन ! जुन यो साम्य योग तपाईंले भन्नुभयो, मनको चञ्चलताका कारण म यसको चिरस्थायी स्थिति देख्दिनँ।।