ध्यानयोग - Verse श्लोक २०, २१, २२, २३
श्लोक २०, २१, २२, २३
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया |
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ||६-२०||
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् |
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः ||६-२१||
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः |
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते ||६-२२||
तं विद्याद् दुःखसंयोगवियोगं योगसंज्ञितम् |
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा ||६-२३||
Translation
।।६.२०।। योगको सेवन गर्नाले जुन अवस्थामा निरुद्ध चित्त उपराम हुन्छ र जुन अवस्थामा स्वयं आफूभित्रै आफूलाई देख्दै आत्मामा सन्तुष्ट हुन्छ।। ।।६.२१।। जुन सुख आत्यन्तिक, अतीन्द्रिय र बुद्धिग्राह्य छ, त्यस सुखको जुन अवस्थामा अनुभव गर्दछ र जुन सुखमा स्थित भएर यो ध्यानयोगी कहिल्यै तत्त्वबाट विचलित हुँदैन।। ।।६.२२।। जुन लाभ प्राप्त भएपछि त्यसभन्दा ठूलो अर्को लाभ केही छैन भन्ने ठान्दछ र जसमा स्थित भएर ठूलो दुःखले पनि विचलित हुँदैन।। ।।६.२३।। दुःखको संयोगबाट वियोग हुनु नै 'योग' हो, त्यसलाई जान्नुपर्दछ। त्यो योग नथाकेको चित्तले निश्चयपूर्वक अभ्यास गर्नुपर्दछ।।