अक्षरब्रह्मयोग - श्लोकहरू श्लोक २६
श्लोक २६
शुक्लकृष्णे गती ह्येते जगतः शाश्वते मते |
एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः ||८-२६||
अनुवाद
संसारका यी दुई शुक्ल र कृष्ण मार्ग सनातन मानिएका छन्। एउटा मार्गबाट गएकाहरू फर्किँदैनन् र अर्कोबाट गएकाहरू फेरि फर्किन्छन्।