अक्षरब्रह्मयोग - Verse श्लोक २
श्लोक २
अधियज्ञः कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन |
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः ||८-२||
Translation
हे मधुसूदन! यस शरीरमा अधियज्ञ को हो र कसरी स्थित छ? अनि संयमित चित्त भएका पुरुषहरूद्वारा अन्तिम समयमा तपाईं कसरी जानिनुहुन्छ?