अक्षरब्रह्मयोग - Verse श्लोक १
श्लोक १
अर्जुन उवाच |
किं तद् ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम |
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते ||८-१||
Translation
अर्जुनले भन्नुभयो - हे पुरुषोत्तम! त्यो ब्रह्म के हो? अध्यात्म के हो? अनि कर्म के हो? अधिभूत भन्नाले के बुझिन्छ र अधिदैव केलाई भनिन्छ?