ज्ञानकर्मसन्यासयोग - श्लोकहरू श्लोक १४
श्लोक १४
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा |
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते ||४-१४||
अनुवाद
।।४.१४।। कर्मले मलाई लिप्त गर्दैन; न मलाई कर्मफलको चाहना छ। यसरी मलाई जसले जान्दछ, ऊ पनि कर्मबाट बाँधिँदैन।।