कर्मयोग - श्लोकहरू श्लोक १६
श्लोक १६
एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः |
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ||३-१६||
अनुवाद
हे पार्थ! जसले यसरी संसारमा चलिरहेको यज्ञचक्रको पालना गर्दैन, त्यो इन्द्रियहरूको भोगमा रमाउने पापी व्यक्ति व्यर्थै बाँच्छ।