सांख्ययोग - श्लोकहरू श्लोक ४
श्लोक ४
अर्जुन उवाच |
कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन |
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ||२-४||
अनुवाद
अर्जुनले भने -- हे मधुसूदन! म रणभूमिमा भीष्म र द्रोणजस्ता पूजनीय व्यक्तिहरूसँग कसरी बाणले युद्ध गरूँ? हे अरिसूदन, उहाँहरू त पूजनीय हुनुहुन्छ।