भक्तियोग - Verse श्लोक २
श्लोक २
श्रीभगवानुवाच |
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते |
श्रद्धया परयोपेताः ते मे युक्ततमा मताः ||१२-२||
Translation
श्रीभगवान्ले भन्नुभयो -- ममा मनलाई एकाग्र गरी नित्ययुक्त भएका जो भक्तजनहरू परम श्रद्धाका साथ मेरो उपासना गर्दछन्, तिनीहरू नै मेरो मतमा सर्वश्रेष्ठ योगी हुन्।