विश्वरूपदर्शनयोग - Verse श्लोक ८
श्लोक ८
न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा |
दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम् ||११-८||
Translation
।।११.८।। तर तिमी आफ्ना यी (प्राकृत) नेत्रहरूद्वारा मलाई हेर्न समर्थ छैनौ; (त्यसैले) म तिमीलाई दिव्यचक्षु दिन्छु, जसबाट तिमी मेरो ईश्वरीय 'योग'लाई हेर।।