ध्यानयोग - Verse श्लोक ३७
श्लोक ३७
अर्जुन उवाच |
अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः |
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति ||६-३७||
Translation
।।६.३७।। अर्जुनले भने -- हे कृष्ण ! जसको मन योगबाट चलायमान भएको छ, यस्तो अपूर्ण प्रयत्नवाला श्रद्धायुक्त पुरुष योगको सिद्धि नपाएर कुन गतिमा पुग्दछ?