अर्जुनविषादयोग - Verse श्लोक ३७
श्लोक ३७
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् |
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ||१-३७||
Translation
।।१.३७।। त्यसैले, आफ्ना बान्धव धृतराष्ट्रका पुत्रहरूलाई मार्नु हामीलाई उचित छैन। हे माधव! स्वजनलाई मारेर हामी कसरी सुखी हुन सक्छौँ?