कर्मयोग - श्लोकहरू श्लोक २
श्लोक २
व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे |
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ||३-२||
अनुवाद
तपाईँका यी मिश्रित उपदेशहरूले मेरो बुद्धि अलमल्लमा परेको छ। त्यसैले, म जसबाट परम कल्याण प्राप्त गर्न सक्छु, त्यो एउटा मार्ग निश्चित गरी मलाई बताउनुहोस्।